पोखरामा आफ्नै स्कुलको बसले लियो नर्सरीमा पढ्ने बालकको ज्यान
पाेखरा | माघ ५, २०८०
सांकेतिक तस्वीर
पोखरा: पोखरामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालक समिर कार्कीको मृत्यु भएको छ । शक्रबार दिउसो बसबाट झरेर घर जाने क्रममा सोही बसले बालकलाई ठक्कर दिएको थियो ।
पोखरा महानगरपालिका–२४ कास्कीकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले सोही विद्यालयको नर्सरीमा अध्ययनरत विद्यार्थी समिर कार्कीलाई बसबाट झरेर घर जाने क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएका थिए ।
बसको ठक्करबाट गम्भिर घाइते भएका बालक समिर कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनापछि प्रहरीले स्कुल बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

